पोखराका शर्मा स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा चयन

पाेखरा | माघ १४, २०८०

पोखराका शर्मा स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा चयन

पोखरा:     स्थानीय तह कर्मचारी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय अधिवेशनले नारायणप्रसाद शर्मालाई अध्यक्ष र शम्भु बराललाई महासचिवमा चयन गरेको छ ।

 

शनिबार सम्पन्न सङ्घको अधिवेशनले नयाँ शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।


जसको उपाध्यक्ष (खुल्ला)मा जानुका श्रेष्ठ, उपाध्यक्ष महिलामा सृजना लामिछाने चयन भएका छन् भने प्रदेशतर्फबाट उपाध्यक्ष चयन हुनेहरूमा चन्द्रबहादुर बस्नेत कोशी, नवराज खड्का मधेस, विदुर गौतम बागमती, महेन्द्रबहादुर गोदार गण्डकी, दिलबहादुर शाही कर्णाली, करणसिंह धामी सुदूरपश्चिम छन् ।


त्यस्तै विष्णुबहादुर पौडेल र रुद्रनाथ आचार्य उपमहासचिवमा चयन भएका छन् ।

 

तीन सचिवमा रेशम जीसी, बबिन्द्रलाल माझी र मन्दिरा श्रेष्ठ चयन भएका छन् । अधिवेशनले कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्